आठौं एनएमबी बैंक हेरिटेज वाक सम्पन्न

काठमाडौँ । एनएमबी बैंकले विश्व सम्पदा दिवसको उपलक्षमा आठौं एनएमबी बैंक हेरिटेज वाक २०१९ आयोजना गरेको छ। बैंकले विगत वर्षहरुदेखि आम जनमानस तथा स्थानीय समुदायलाई सम्पदाको महत्व बुझाउन तथा तिनको उचित संरक्षण गर्न प्रोत्साहन गर्ने उद्देश्यले हेरिटेज वाक कार्यक्रम आयोजना गर्दै आएको छ।

बैंकले विगत ७ वर्षदेखि हेरिटेज वाकको आयोजना गर्दै आएको छ। कार्यक्रमको उद्घाटन बैंकका संचालकहरु तथा प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले संयुक्त रुपमा गरेका थिए।

हेरिटेज वाक बैंकको सितापाइला शाखा कार्यालयबाट सुरुभई स्वयम्भूनाथमा पुगेर सम्पन्न भएको थियो। स्वयम्भूनाथ परिसरमा सरसफाई तथा फोटो प्रदर्शनी गरिएको थियो। प्रदर्शनीमा बैंकका कर्मचारीहरुद्धारा खिचिएको देशका विभिन्न सम्पदाहरुको उत्कृष्ट फोटोहरु राखिएको थियो। सोही अवसरमा बैंकले स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका प्रतिनिधिलाई १६ थान डष्टवीन समेत हस्तान्तरण गरेकोे छ।

साथै बैंकले आठौं एनएमबी बैंक हेरिटेज वाक २०१९ को उपलक्ष्यमा आफ्नो सातैवटा प्रादेशिक कायालयहरु मार्फत विभिन्न सम्पदाहरुको सरसफाई कार्यक्रम समेत संचालन गरेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds