नेपाल राष्ट्र बैंकको ६४ औं वार्षिकोत्सव

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले अर्थतन्त्रमा राम्रो संकेत देखिएको बताएका छन्।  राष्ट्र बैंकको ६४औं बार्षिकोत्सवको अवसरमा बोल्दै डा. नेपालले भने, तीन बर्षदेखिको उच्च आर्थिक बृद्धिले अर्थतन्त्रमा उत्साह थपेको हो ।

गभर्नरले ७२४ स्थानीय तहमा बैंकको शाखा पुगिसकेको जानकारी दिँदै प्रति शाखा ३५६० जनसंख्यालाई सेवा दिन थालेको बताए। अहिले देशभर ८२०५ स्थानमा बैंकका शाखा छन्।

शनिवार आयोजित नेपाल राष्ट्र बैंकको ६४ औं वार्षिकोत्सव कार्यक्रमको अवसरमा पूर्व गर्भनर सत्येन्द्रप्यारा श्रेष्ठलाई सम्मान गर्दै राष्ट्रबैकका गर्भनर डा. चिरन्जीवी नेपाल । तस्वीर: रासस

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री