डेपुटी गभर्नर भन्छन् : केन्द्रीय बैंकको कदमपछि पुँजी बजारमा सुधार

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले राष्ट्र बैंकको कदमपछि पुँजी बजारमा सुधार आएको बताएका छन् । केन्द्रीय बैंकले नीतिगत सुधार गरेको छ । जसको प्रत्यक्ष प्रभाव पुँजी बजारमा देखिन थालेको छ । अब पुँजी बजार क्रमशः सुधार र स्थायित्वतर्फ अघि बढ्ने डेपुटी गभर्नरले बताए । शनिबार राष्ट्र बैंकको ६४औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै डेपुटी गभर्नर शिवाकोटीले यो वर्ष ब्याजदर सीमा भित्र राख्ने र पुँजी बजार सुधार गर्ने काम चुनौतीका रुपमा देखिएका थिए ।

यद्दपि, यी दुवैमा सुधारका लागि केन्द्रीय बैंकले प्रवाभकारी भूमिका खेलेको उनले बताए । ‘केन्द्रीय बैंक र सरकारको पहलपछि सेयर बजारमा स्थायित्व र सुधार देखिन थालेको छ,’ उनले भने । बैंक तथा वित्तीय संस्थामा देखिएको अस्वस्थ ब्याजदर प्रतिस्प्रर्धालाई नियन्त्रण गर्न राष्ट्र बैंकले उल्लेख्य भूमिका खेलेको पनि उनले दाबी गरे ।

केन्द्रीय बैंकले पुँजी बजार सुधारका लागि सेयर धितो कर्जाको सीमा ५०% बाट बढाएर ६५% पुर्याएको छ । यसैगरी, बैंकहरुले प्राथमिक पुँजीको ४०% सम्म सेयर कर्जामा लगानी गर्न पाउने भएका छन् । केन्द्रीय बैंकले मार्जिन कलमा पनि सहुलियत दिएको छ । सुधारका यी कामले सेयर बजार स्थायित्वतर्फ अघि बढेको उनले दाबी गरेका हुन् ।

केन्द्रीय बैंकले पनि आफ्नो कार्य सञ्चालन संघीयता अनुसार अघि बढाउन लागेको जानकारी दिए । उनले भने, ‘राष्ट्र बैंकले संघीयता कार्यान्वयनका लागि सातै प्रदेश कार्यालय सञ्चालनमा ल्याउन लागेको छ । कर्णालीको सुर्खेतमा शाखा सञ्चालन गर्नका लागि घर भाडामा लिन टेण्डर प्रकिया अघि बढिसकेको छ ।’ यद्यपि, कर्णाली बाहेक अन्य ६ वटै प्रदेशमा यसअघि नै राष्ट्र बैंकको कार्यालय रहिसकेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विपद् व्यवस्थापनमा चेम्बरले सघाउने

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले बाढी पहिरोबाट भएको क्षति न्यूनीकरणका लागि सघाउने भएको छ …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds