विद्यार्थीका लागि नेपाल टेलिकमको अफर

काठमाडौं । नेपाल टेलिकमले विद्यार्थीहरुका लागि विभिन्न अफर उपलब्ध गराइरहेको छ । कम्पनीले एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुका लागि उपलब्ध गराएको यो आकर्षक ‘विद्यार्थी अफर’ विद्यार्थीमाझ लोकप्रिय भइरहेको टेलिकमको दाबी छ ।

‘पहिलेदेखि नै उपलब्ध सो अफरलाई विद्यार्थीहरुको सुविधा र मागलाई विचार गरी हाल पनि निरन्तरता दिइएको हो,’ टेलिकमद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ । विद्यार्थी अफरअन्तर्गत विद्यार्थीहरुलाई ५० रुपैयाँ टक भ्यालु भएको सिम निःशुल्क उपलब्ध गराइएको छ ।

सो रकममध्ये १० रुपैयाँबाट कल गर्न, डाटा खरिद गर्न वा एसएमएस गर्न सकिने सुविधा छ । बाँकी ४० रुपैयाँबाट ४० मिनेट कल गर्न, ६० एमबी डाटा खरिद गर्न र २० वटा एसएमएस पठाउन सकिने सुविधा रहेको छ ।

यी सबै सुविधा ३० दिनभित्र उपभोग गरिसक्नुपर्ने व्यवस्था गरिएको छ । यसका साथै ‘विद्यार्थी अफर’ अन्तर्गतको सिम लिएका विद्यार्थीलाई ६ महिनासम्म बोनसको रुपमा प्रतिमहिना ४० मिनेट भ्वाइस कल गर्ने, ६० एमबी डाटा चलाउने र २० वटा एसएमएस पठाउने सुविधासमेत उपलब्ध गराउने व्यवस्था छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विपद् व्यवस्थापनमा चेम्बरले सघाउने

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले बाढी पहिरोबाट भएको क्षति न्यूनीकरणका लागि सघाउने भएको छ …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds