सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढ्यो

काठमाडौं । शुक्रबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन ५९ हजार ८ सय रुपैयाँमा तोलामा कारोबार भइरहेको छ ।

शुक्रबार तोलामा दुई सय रुपैयाँले बढे हो । यसअघि बिहीबार सुनको मूल्य तोलामा ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा दुई सय रुपैयाँले बढेर ५९ हजार ५ सयमा कारोबार भइरहेको छ। चाँदी तोलामा पाँच रुपैयाँले बढेर ७३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री