बैसाख २२ देखि धनगढी विमानस्थल बन्द हुने

काठमाडाैं । धनगढी विमानस्थल एक महिनाका लागि बन्द हुने भएको छ। धावनमार्गको मर्मतसम्भारका साथै विमानस्थलको स्तरोन्नति गर्न एक महिनाका लागि हवाई सेवा बन्द गर्न लागिएको हो।

आगामी बैसाख २२ देखि जेठ २१ सम्म विमानस्थलमा हुने सम्पूर्ण उडान बन्द गरिने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले बताए। त्रिभुवन विमानस्थलपछि सबैभन्दा लामो धावनमार्ग भएको यो विमानस्थलमा काठमाडौंबाट बुद्ध एयर, श्री एयर, नेपाल एयरलाइन्सले नियमित उडान भर्ने गरेका छन्।

१० वर्षमा धावन मार्गको स्तरोन्नति गर्नुपर्ने भएपनि विगत १४ वर्षदेखि धावनमार्गको स्तरोन्नति गरिएको थिएन। यसपटक झण्डै २२ करोडको लगानीमा धनगढी विमानस्थलमा धावनमार्ग, पार्किङ क्षेत्र विस्तार लगायतको कार्य हुने प्रमुख बुढथापाले जानकारी दिए।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अझै पाँच राजमार्ग पुर्णरुपमा अवरुद्ध, सडकतर्फको क्षति करिब ३० अर्ब

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अझै बाढी र पहिरोका कारण क्षति भएका पाँच वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको जानकारी दिएको छ । मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर देशका पाँच प्रमुख राजमार्ग खुलाउन बाँकी रहेको जानकारी दिएको हो ।

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds