ललितपुर। गोदावारी नगरपालिका-१ गोदामचौरस्थित जग्गा भाडामा लिई टहरा बनाई बसेका सिन्धुली घर भएका ४२ वर्षीय जयबहादुर वाईवालाई आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै ४१ वर्षीया श्रीमती सुनमाया अधिकारीलाई धारिलो हतियार खुर्पाले घाँटीमा प्रहार गर्दा मृत्यु भएको खबर प्राप्त भए पश्चात महानगरीय प्रहरी प्रभाग बाँडेगाँउबाट खटिएको प्रहरीले जय बहादुरलाई पक्राउ गरेको हो ।
तपाईंको प्रतिकृया




