काठमाडौं । उपत्यकामा गुड्ने आधाभन्दा बढी चारपांग्रे गाडी प्रदूषण जाँचमा फेल भएका छन्। महानगरीय ट्राफिक महाशाखाले गत चैत २१ गतेदेखि वैशाख ५ गतेसम्म गरेको सवारी प्रदूषण जाँचका क्रममा आधाभन्दा धेरै सवारीसाधन प्रदूषण जाँचमा फेल भएको भेटिएको छ। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ।
महाशाखाका प्रवक्ता जयराम सापकोटाका अनुसार १५ दिनमा ९ सय ७५ वटा सवारीसाधनको प्रदूषण जाँच गरिएको थियो जसमा ४ सय ९४ वटा मात्रै पास भएका थिए।
तपाईंको प्रतिकृया




