वाइडबडी विमान खरीद प्रकरण : ५ विदेशी कम्पनीलाई ७ दिनभित्र उपस्थित हुन अख्तियारकाे निर्देशन

काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरीद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँचओटा विदेशी कम्पनीलाई बयानका लागि बोलाएको छ । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले आयरल्यान्डको हाइफ्लाई एक्स, अमेरिकाको एएआर इन्टरनेशनल, जर्मनीको एभिएन क्यापिटल जीएमबीएम, जर्मनीकै नर्टन रोज र पोर्चुगलको हाइफ्लाई इन्टरनेशनललाई बयानका लागि दोस्रो पटक बोलाइएको बताए ।

अख्तियारले सार्वजनिक सूचना जारी गर्दै ती कम्पनीलाई ७ दिनभित्र उपस्थित हुन भनेको छ । संसद्को सार्वजनिक लेखासमितिले उक्त प्रकरणमा ४ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको उल्लेख गरेको छ । उक्त प्रकरणमा अख्तियारले यसअघि स्वदेशका डेढ दर्जन सरोकारवालाहरूसँग बयान लिइसकेको छ । निगमले दुईओटा वाइडबडी खरीद गर्न अमेरिकाको एएआर इन्टरनेशनलसँग सम्झौता गरेको थियो । एएआरले पछि आफूसँग अन्य कम्पनी पनि साझेदार रहेको उल्लेख गरेपछि शंका उत्पन्न भएको छ ।

सोही कारण अख्तियारले एएआरका साझेदार भनिएका सबै कम्पनीलाई बोलाएको हो । यसअघि पनि ती कम्पनीलाई अख्तियारले बयानका लागि बोलाएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २४ (ख) मा भ्रष्टाचारको आरोपमा अनुसन्धान गर्दा विदेशीको हकमा कुनै अंग्रेजी दैनिकमा कम्तीमा दुई पटक उपस्थित हुन सूचना जारी गर्नुपर्ने व्यवस्था छ । त्यसरी सूचना जारी गरेपछि सम्बद्ध विदेशीले जानकारी पाएसरह हुने ऐनमा उल्लेख छ । सम्बद्ध विदेशी बयानका लागि नआएमा पनि उपयुक्त देखिएमा प्रतिवादी बनाई अख्तियारले मुद्दा दायर गर्न सक्ने कानूनी व्यवस्था छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मंगलबार कति छ सुनचाँदीको मूल्य ?

नेपाली बजारमा पछिल्ला महिनायता सुनको मूल्यले नयाँ नयाँ कीर्तिमान बनाउँदै आएको छ ।

प्रतिकृया दिनुहॊस