मुक्तिनाथ विकास वैंकको ‘ मेरो पहिलो बचत खाता’ सञ्चालनमा

काठमाडौं । मुक्तिनाथ विकास वैंकको ‘ मेरो पहिलो बचत खाता’ सञ्चालनमा आएको छ । आफ्नो स्थापना कालदेखि नै ‘१ व्यक्ति – १ खाता, १ परिवार – १ उद्यमी’ नारा आत्मसाथ गर्दै ग्राहकहरुलाई सेवा सुविधा प्रदान गर्दै आइरहेको मुक्तिनाथ विकास बैंकले  नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको ‘समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैंक खाता’ भन्ने नारा सहित ‘खोलौ बैंक खाता अभियानलाई २०७६’ अभियानलाई सफल पार्नको लागि नयाँ बचत योजना ‘मेरो पहिलो बचत खाता’ सञ्चालन गरेको छ ।

२०७६ बैशाख १ गते देखि लागु हुने उक्त बचत खाता खोल्ने व्यक्तिहरुलाई खाता खोल्ना साथ बैंकले १०० नगद खातामा जम्मा गरिदिने र ग्राहकहरुको एनटीसी वा एनसेलको मोवाइल नम्बरमा १०० बराबरको रिचार्ज (टपअप) गरिदिने छ ।

यस खातामा दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याजदरका साथै निःशुल्क आश्वा सेवा, निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क मोबाइल बैकिङ्ग सुविधा र देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका करिब ३००० एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds