कामना सेवा विकास बैंकको नयाँ शाखा सिराहाको मिर्चैयामा

काठमाडाैँ । कामना सेवा विकास बैंकले सिराहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं. ६ स्थित थाना चोकमा आज वैशाख ४ गते आफ्नो ८३औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

बैंकका संचालक देव कृष्ण काफ्ले तथा बैंकका प्रदेश नं. १ प्रमुख सुजन राई र प्रदेश नं. २ प्रमुख राकेश सिंहले नयाँ वर्षको शुभकामना प्रदान गर्दै संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए ।

हालसम्म बैंकले ८३ वटा शाखा तथा ३८ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds