सिन्धुले शुरु गर्यो ‘मेरो पहिलो बैंक खाता’ अभियान

काठमाडौँ । खोलौ बैंक खाताअभियान २०७६ अन्र्तगत बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका नागरिकहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउन सिन्धु विकास बैंकले ८ प्रतिशतको उच्च ब्याजदर सहित ग्राहकहरुका लागी ‘मेरो पहिलो बैंक खाता’ भन्ने नयाँ बचत खाता संचालनमा ल्याई एक महिने अभियान सञ्चालन गरेको छ ।

यो बचत खाता हालसम्म कुनैपनि बैंक तथा वित्तीय संस्थामा खाता संचालन नगरेका दिदिबहिनी दाजु भाईहरुले खाता खोल्न सक्नेछन् । यो बचत खाता खोल्दा ग्राहकले कुनैपनि रकम जम्मा गर्न नपर्ने बरु बैंकले नै रु १०० राखिदिने ब्यवस्था गरेको छ ।

ग्राहकहरुले नागरिकता, सवारी साधन चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र, फोटो सहितको मतदाता परिचयपत्र, सरकारी निकायले जारी गरेको फोटो सहितको परिचयपत्र वा स्थानीनिकायले जारी गरेको फोटो सहितको सिफारिश पत्रको आधारमा खाता खोल्न सकिने र बैंकका कुनै पनि शाखा कार्यालयबाट यो सेवा प्राप्त गर्न सकिने जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मुक्तिनाथ विकास बैंकद्वारा ग्रीण हाइड्रोजन इन्धनको अनुसन्धानका लागि काठमाडौं विश्वविधालय सँग सहकार्य

काठमाडौं । मुक्तिनाथ विकास बैंकले दिगो विकासमा टेवा पुग्ने उद्देश्यले ग्रीण हाइड्रोजन इन्धनको अनुसन्धानका लागि …

प्रतिकृया दिनुहॊस