जनता बैंकको नयाँ शाखा कैलालीको बलियामा

काठमाडौँ । जनता बैंक नेपालको कारोवार विस्तारको क्रममा कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ४, बलिया शाखाबाट कारोवार शुभारम्भ गरिएको छ ।

एक समारोहका बीच सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहोराले बलिया शाखाको उद्घाटन गरे ।

उद्घाटन कार्यक्रमलाई सम्बोधनगर्दै सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बोहोराले जनता बैंकको स्थापनाले यस क्षेत्रका जनताको जीवनस्तर उठाउन महत्वपूर्ण भूमिका रहने चर्चा गरे ।

बैंकका संचालक रामबहादुर भण्डारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री, लम्कीचुहा नगरपालिकाको उपप्रमुख टिका थापा, लम्कीचुहा उद्योग बाणिज्य संघका अध्यक्ष पदम चौलागाईंले सम्बोधन गरेका थिए ।

शाखा उद्घाटनको अबसरमा सोही स्थानमा बैंकको आयोजना र धनगढी नेत्रालय आँखा अस्पतालको प्राविधिक सहकार्यमा निःशुल्क आँखा शिविर पनि आयोजना गरिएको थियो । १ हजार जनाभन्दा बढीको आँखा परिक्षण गरिएको बैंकले जनाएको

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

मुक्तिनाथ विकास बैंकद्वारा हरियाली अभियान अन्तर्गत इलाम र महोत्तरीमा वृक्षरोपण

काठमाडौं । मुक्तिनाथ विकास बैंकले दुई अलग अलग जिल्लामा सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षरोपण कार्यक्रम आयोजना …

प्रतिकृया दिनुहॊस