सिटिजन्स बैंकको ‘सिटिजन्स सरल बचत खाता’ सार्वजनिक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ बचत योजना ‘सिटिजन्स सरल बचत खाता’ सार्वजनिक गरेको छ । सो बैंकले ‘समृद्धिसँग जोडौँ नाता सबै नेपालीको बैंक खाता’ भन्ने नेपाल सरकारको अभियानमा हातेमालो गर्दै नयाँ बर्षबाट लागु हुने गरिे सो खाता सर्वजनिक गरेको हो ।

यस योजनाअन्तर्गत खाता खोल्ने ग्राहक महानुभावहरुलाई बैंकको तर्फबाट रु १००ं खातामा राखिदिने ब्यवस्था गरिएको छ । सुरुमै १०० रुपैयाँ खातामा पाउने ‘सिटिजन्स सरल बचत खाता’ सबै नेपालीहरूको लागि अत्यन्तै फलदायी हुने विश्वास बैंकले लिएको छ । यस खातामा दैनिक मौज्दातमा वार्षिक ५% ब्याजदर प्रदान गरिनेछ । बैंकले यस योजनाअन्तर्गत सहभागी भएका ग्राहकहरुका लागि विभिन्न प्रकारका सहुलियतहरू उपलब्ध गराएको छ ।

‘योर पार्टनर फोर प्रोग्रेस’ भन्ने नारालाई आत्मसात गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याउँदै आएको यस बैंकले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds