पाकिस्तानमा बम बिस्फोटहुँदा १६ को मृत्यु

एजेन्सी ।  पाकिस्तानको बलोचिस्तान प्रान्तको राजधानी क्वेटामा  बम बिस्फोटहुँदा १६ जनाको मृत्यु भएको छ । प्रान्तीय राजधानी क्वेटाको हजारगन्ज क्षेत्रस्थित एउटा तरकारी बजारमा विस्फोट भएको प्रहरीले जनाएको छ।

यो बिस्फोट पुलिसको भ्यानलाई निशाना बनाएर गरिएको थियो । उक्त क्षेत्रमा  धेरैजसो हजारा शिया समुदायका मानिसहरु बस्छन् ।

पाकिस्तानमा हजार शिया मानिसहरुलाई निशाना बनाएर पहिले पनि हमला गरिँदै आएको छ ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप