काठमाडौँ । कामना सेवा विकास बैंक र शिखर इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्बन्धी संझौता भएको छ ।
सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले हस्ताक्षर गरे ।
सम्झौता अनुसार अब बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ८१ वटै शाखाहरुबाट सहज रुपमा शिखर इन्स्योरेन्स लिमिटेडको निर्जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ ।
तपाईंको प्रतिकृया



