काठमाडाैँ । तिब्बतको दक्षिणी मोहडाबाट सगरमाथा आरोहणका लागि प्रस्थान गर्न लागेकी महिला सगरमाथा आरोही तथा राष्ट्रिय पर्यटन पत्रकार संघकी कोषाध्यक्ष कल्पना महर्जनलाई महालक्ष्मी लाइफ इन्स्योरेन्सले एक समारोहको आयोजना गरी सफल आरोहणका लागि शुभकामना प्रदान गरेको जनाएको छ ।

गत वर्ष मात्र नेपालको उत्तरी मोहडाबाट सगरमाथाको सफल आरोहण गरेकी महिला पर्वतारोही कल्पना महर्जनलाई आरोहणमा सहयोग पु-याउन उक्त कार्यको आधिकारिक व्यवस्थापक इक्सपेरियन्स आउटडोर नेपाल प्रालिसँग १ लाख प्रदान गर्ने गरी सम्झौतासमेत भएको भन्दै कम्पनीले शिक्षामार्फत बाल विवाहको अन्तको नारा लिएर दोस्रो पटक सगरमाथा आरोहणमा जान थालेकी साहसी महिलालाई प्रोत्साहित गर्न संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महालक्ष्मी लाइफ इन्स्योरेन्सले सहयोग गरेको जनाएको छ
तपाईंको प्रतिकृया




