नबिल ब्यालेन्स फण्ड – २ वैशाख ५ देखि निष्काशन हुँदै

काठमाडाैँ । नबिल ब्यालेन्स फण्ड – २ ले वैशाख ५ गतेदेखि १० करोड २० लाख इकाई बराबरको फण्ड बिक्री गर्ने भएको छ । फण्डले नेपाल धितोपत्र बोर्डबाट १२ करोड इकाई फण्ड विक्री गर्ने अनुमति पाइसकेको छ । फण्डले १५ प्रतिशत अर्थात १ करोड ८० लाख इकाई कोष प्रवद्र्धक तथा व्यवस्थापकका लागि छुट्याएको छ ।

सर्वसाधारणको लागि छिटोमा वैशाख ९ गतेसम्म बिक्री खुल्ला हुने छ । तर उक्त समय अवधिमा पुरा सबस्क्राइब नभए जेठ ३ गतेसम्म विक्री खुल्ला गरिने निष्काशन तथा विक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैंकिङ्ले जनाएको छ ।

लगानीकर्ताले प्रति इकाई १० रुपैयाँका दरले न्यूनतम १ सय इकाई र अधिकतम १ करोड २० लाख इकाई सम्मका लागि आवेदन दिन सक्ने छन् । यो फण्ड १० वर्षमा परिपक्व हुने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप