एटीएम सुविधा सहित लुक्लामा सिद्धार्थ बैंक

सोलुखुम्बु । सिद्घार्थ बैंकले सोलुखुम्बुको लुक्ला स्थित खुम्बु पासाङ ल्हामु गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोेहण गर्न आउने पर्यटकहरूको घुइँचो रहने हुनाले सिद्घार्थ बैंकले सर्वसुलभ रूपमा देश तथा विदेशका पर्यटकहरू तथा उक्त क्षेत्रका सर्वसाधारण लगायत उद्यमीेमाझ सबै प्रकारका बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।

त्यस्तै बैंकको एटीएम र पीओएसमा मास्टर कार्ड र भिसा कार्डहरुबाट सजिलै कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

साथै हालसाल बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा ल्याएको छ जसले गर्दा ग्राहकहरुलाई थप सुविधा पुग्ने बैंकले जनाएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी विकास बैंकले ८.९९ प्रतिशतमै हरित घर कर्जा प्रदान गर्ने

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ग्राहकहरूलाई लक्षित गरी महालक्ष्मी हरित घर कर्जा एकल अंकको ब्याजदर …

प्रतिकृया दिनुहॊस