प्रभु बैंकले रुकुममा शुरु गर्यो एटिएम सेवा

रुकुम । रुकुम जिल्लामै पहिलो पटक एटिएम सेवा सञ्चालनमा ल्याइएको छ । प्रभु बैंकको शाखाले रुकुमकोटमा एटिएम सेवा सञ्चालनमा ल्याएको हो । एटिएम सेवा सञ्चालनमा आएसँगै स्थानीय नागरिक खुशी भएका छन् ।

आवश्यक परेको खण्डमा जतिखेर पनी एटिएममार्फत पैसा निकाल्न सकिने भएकाले कारोवारमा सहज हुने स्थानीयवासी सुस्मिता कार्कीले बताइन् ।

बैंकले एटिएम सेवा सञ्चालनमा नल्याउँदासम्म कार्यालय समयमा मात्र सेवाग्राहीलाई सेवा दिने गरेकामा अब भने सेवाग्रहीलाई आवश्यक परेको खण्डमा शनिबारलगायत अन्य जुनसुकै समयमा पनी सेवासुविधा दिने शाखा प्रबन्धक भानु गौतमले बताए ।

यहाँका नागरिकको समस्या, आवश्यकता र मागलाई ध्यानमा राखी एटिएम सेवा सञ्चालनमा ल्याइएको उनको भनाइ छ । विसं २०७३ मङ्सिर १७ गतेबाट रुकुमकोटमा आफ्नो सेवा सञ्चालन गरेको बैंकको शाखाले दुई वर्षपछि एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds