बलात्कारको आरोपित वडासदस्य सम्पर्कविहीन

ओखलढुङ्गा । बलात्कारको उजुरी परेका लिखु गाउँपालिका वडा नम्बर ३ का वडासदस्य विष्णुकुमार श्रेष्ठविरुद्ध सम्पर्कविहीन छन्। वडासदस्य श्रेष्ठले सञ्चालन गरेको इँटा कारखानामा कार्यरत १७ वर्षीया युवतीले आफूलाई बलात्कार गरेको उजुरी जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा दर्ता गराएकी हुन्।

युवतीले चैत ७ मा वडासदस्य श्रेष्ठले बलात्कार दाबीसहित सोही दिन प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए। पीडित युवती आफैं जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा पुगी उजुरी दर्ता गराएको प्रहरी निरीक्षक श्रेष्ठले बताए।

बलात्कारको आरोप लागेपछि वडासदस्य श्रेष्ठले चैत ७ देखि नै फोनको स्वीच अफ गरी सम्पर्कविहीन भएका छन्। उजुरीअनुसार आरोपितको वडासदस्यको खोजी भइरहेको प्रहरीले जनाएको छ। पीडितको जिल्ला अस्पतालमा स्वास्थ्य परिक्षण गराई अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह …

प्रतिकृया दिनुहॊस