भूपरिवेष्ठित देश हुनु नै नेपालका लागि फाइदाको कुरा हो : विश्व बैंक

काठमाडौं । विश्व बैंकका एसिया प्रतिनिधि हार्टविग स्याफरले नेपाल भूपरिवेष्ठित देश भएकैले धेरै फाइदा लिन सक्ने बताएका छन् ।

राजधानीमा आयोजित नेपाल लगानी सम्मेलन–२०१९ मा बोल्दै हार्टविगले नेपालको नेपालसँग ठूला बजारका रूपमा २ वटा छिमेकी रहेको, यिनै बजारलाई उपयोग गरेर नेपाल अझै तीव्र गतिमा आर्थिक वृद्धिदर हासिल गर्ने मुलुक बन्न सक्ने सम्भावना रहेको बताएका हुन् ।

‘रेमिटले धानेको नेपालको जीडीपी बिस्तारै आन्तरिक उत्पादनको आधारमा खडा हुँदै गइरहेको छ,’ हार्टविगले भने, ‘नेपालमा बुद्धिमतापूर्वक लगानी गर्नेहरूको संख्या बढिरहेको छ । तर लगानीकर्ताहरूले दीर्घकालीन फाइदा हेरेका हुन्छन् । लगानीलाई उत्पादनमा परिणत गर्नका लागि धेरै चरणमा असफलता भोग्नुपर्छ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घट्यो

काठमाडौं । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, …

प्रतिकृया दिनुहॊस

This will auto close after