‘साईंली’ र ‘सुभ लभ’ हलमा, ‘अमेरिकन बाबु’ डिसहोममा रिलिज

काठमाडौं । नेपाली कथानक चलचित्र ‘साईंली’ र ‘सुभ लभ’ हलमा रिलिज हुँदा अर्को नेपाली चलचित्र ‘अमेरिकन बाबु’ भने दर्शकले टेलिभिजनमा हेर्न पाउने भएका छन् । ‘अमेरिकन बाबु’ लाई वितरक तथा हल सञ्चालकले हलमा प्रदर्शनका लागि लिन नामाने पछि डिसहोमको सिनेमा घर च्यानल नं १०८मा आजबाट प्रदर्शन सुरु भएको हो ।

अमेरिकामा निर्माण गरिएको चलचित्रमा बाबु बोगटी, नन्दिता केसी, स्मृति पोखरेल, राजेश गुरुङ, प्रवेश उप्रेति लगायतका कलाकारको अभिनय छ । अमेरिकामा बसिरहेका नेपालीको जीवन संघर्षलाई मुख्य कथा बनाएर निर्माण गरिएको चलचित्र ‘अमेरिकन बाबु’लाई ईश्वर थापाले निर्देशन गरेका हुन् । राजेश गुरुङ, मीना रानामगर, सम्झना उप्रेतीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

नेपालमै निर्माणको इजाजत लिएर निर्माण गरिएका वार्षिक दर्जनौं चलचित्र वितरकले लिन नमान्दा डब्बा हुने गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रहरी प्रवक्ता कार्कीको ‘दशैँ रमाइलो’मा दीपाश्री, प्रियंका र सरोज

काठमाडौं । नेपाल प्रहरीका प्रवक्ता डिआइजी दानबहादुर कार्कीको दशैँ गीत ‘दशैँ रमाइलो’ सार्वजनिक भएको छ …

प्रतिकृया दिनुहॊस

This will auto close after