भेनेजुएलाका विपक्षी नेताले १५ वर्ष सम्म सार्वजनिक पद धारण गर्न नपाउने

काठमाडाैँ । भेनेजुएलाका विपक्षी नेता जुवान ग्वाइडोमाथि १५ वर्षसम्म कुनै पनि सार्वजनिक पद धारण गर्न रोक लाग्ने गरी प्रतिबन्ध लगाइएको छ।  भेनेजुएलाका महालेखापरीक्षक एल्भिस अमोरोसोले विपक्षी नेता ग्वाइडोको आर्थिक व्यवहार अस्वभाविक देखिएको भन्दै उनीमाथि प्रतिबन्ध लागेको बताएका छन्।

ग्वाइडोले गत जनवरीमा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेसँगै अमेरिकासहितका ५० बढि देशले उनलाई मान्यता दिएका थिए। जसका कारण त्यहाँ राजनीतिक र मानवीय संकट चुलिएको थियो।

ग्वाइडोले प्रतिबन्धको निर्णयप्रति प्रतिकृया जनाउँदै एल्भिस अमोरोसो महालेखा परिक्षक नै नभएको बतएका थिए। गत हप्ता ग्वाईडोका प्रमुख सल्लाहकार रोबेर्टो मारियो पक्राउ परेका थिए। सरकारले मारियोको घरमा हतियार र विदेशी मुद्रा भेटिएको आरोप लगाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खल्तीबाट ‘मह जात्रा’को टिकट काट्न सकिने

काठमाडौँ । ‘खल्ती’ले मह जोडीको प्रत्यक्ष प्रस्तुति रहने ‘मह जात्रा’ प्रहसनको टिकटिङ पार्टनरको जिम्मेवारी पाएको …

प्रतिकृया दिनुहॊस

This will auto close after