शिवम् सिमेन्टको १५.७८९% नगद लाभांश दिने घोषणा

काठमाडौं । शिवम् सिमेन्टले १५.७८९% नगद लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले हाल कायम ४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजीमा उक्त अनुपातमा नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले लाभांश प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयन गर्ने जनाएको छ ।
कम्पनीले फागुन ६ देखि १४ गतेसम्म सर्वसाधारणलाई ४४ लाख कित्ता आइपीओ बिक्री गरेको थियो । शिवम् सिमेन्ट चैत ५ गते मात्र नेप्सेमा सूचीकृत भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री