काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगनकुमार थापा अध्ययनको लागि भन्दै अमेरिका प्रस्थान गरेका छन् ।अमेरिकास्थित हार्वड विश्वविद्यालयमा अध्ययनका लागि आवेदन दिएका थापाको आवेदन विश्वविद्यालयले स्वीकृत गरेपछि उनी अमेरिका लागेका हुन् ।
थापा दुई हप्ते ‘सर्ट कोर्ष’ गर्न अमेरिका तर्फ लागेका हुन् । राजनीतिकर्मी, व्यापारी, कर्मचारी आदि सहभागी हुने भएकाले विश्वका प्रतिष्ठित विश्वविद्यालयमा यो कोर्ष आकर्षण हुने गर्दछ । बर्षभरी पढ्न नभ्याउने इच्छुकले सर्ट कोर्षमा सहभागी हुन आवेदन दिने गर्दछन् ।
प्रतिकृया दिनुहॊस