कामना सेवा विकास बैंकको नयाँ शाखा रौतहटको चन्द्रपुरमा

काठमाडौँ । कामना सेवा विकास बैंकले रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं ४ स्थित चन्द्रपुरमा नयाँ शाखा कार्यलयको विस्तार गरेको छ ।

उक्त  शाखा कार्यलयको उद्घाटन बैंकका संचालक चतुराखर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा गरे ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत बस्नेतले प्रदेश नं २ मा यो सँगै९वटा शाखा पुगिसकेको र निकट भविष्यमा थप अन्य शाखाहरु पनि सञ्चालनमा आउने बताए । हालसम्म बैंकले ७४ वटा शाखा तथा ३० वटा एटिएम मार्फत ग्राहकहरुलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री