काठमाडाैँ । एक साताकै अबधिमा तराईको तापक्रम ह्वात्तै वढेको छ। पहाडको तुलनामा केही दिनयता तराईको तापक्रम ह्वात्तै वढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार तराईको तापक्रम एक सातामा पाँच डिग्री सेल्सियससम्म बढेको छ।
प्रदेश २ को राजधानी जनकपुरमा शुक्रबार ३४.४ डिग्री तापक्रम मापन गरिएको छ। एक साता अघिसम्म जनकपुरको तापक्रम २९ डिग्री सेल्सियस थियो।
तराईका अधिकांश ठाउँको तापक्रम ३० डिग्री भन्दामाथि पुगिसकेको छ।
महाशाखाका अनुसार सिमराको तपाक्रम ३४.१, विराटनगरको ३३.६, धनगढी ३१.८, नेपालगञ्ज ३३, दाङ ३०, भैरहवा ३१ र धरानकाे तापक्रम ३२.८ डिग्रि सेल्सियस मापन गरिएको छ।
तराईको दाँजोमा पहाडी जिल्लाको तापक्रम भने वढेको छैन। काठमाडौंको तापक्रम २७ डिग्री सेल्सियस पुगेको छ।
प्रतिकृया दिनुहॊस