प्रबन्ध निर्देशक, रोयल थाई रेष्टुरेण्ट
वान थाई रेष्टुरेण्ट
मध्यम वर्गीयहरुले पनि औसत मूल्यमा गुणस्तरीय भोजन गर्ने वातावरण भएको रोयल थाई रेष्टुरेण्टको स्थापना सन् २००० मा भएको हो । थाई फूड पारखीका लागि उपयुक्त रोयल थाई र वान थाईका प्रबन्ध निर्देशक गणेश ढकालसँग गरिएको कुराकानीको सम्पादित अंशः
रोयल थाई र वान थाई रेष्टुरेण्टका विशेषता के–के छन् ?
रोयल थाई र वान थाई यी दुबै रेष्टुरेण्टमा थाइ फुडको स्वाद लिन सकिन्छ । विशेषगरी थाई फूडको मज्जा लिन सकिने हाम्रा रेष्टुरेण्टमा ग्राहकको माग अनुसार पनि खानाका परिकार बनाउँछौं । यसका विशेषताहरु भनेको एउटा हामी हाइजेन मेन्टेन गर्छौं । अर्को भनेको आफ्नै फार्मबाट तरकारीहरु ल्याएर परिकार बनाउँछौं । फार्मबाट स्वच्छ, ताजा र विषादीरहित तरकारी ल्याएर ग्राहकलाई ख्याउने चलन रेष्टुरेण्टहरुमा छैन । यसैकारण अन्य भन्दा हाम्रोमा हाईजेनिक फूड खान पाईन्छ ।
यी रेष्टुरेष्टका शाखाहरु कहाँ –कहाँ छन् ?
वान थाइ र रोयल थाईका शाखाहरु दरबारमार्ग, जावलाखेल, अनामनगर, महाराजगञ्ज तथा भक्तपुरको गठ्ठाघरमा सञ्चालित छन् ।
खानेकुराको मूल्य महंगो छ रे नी ?
सर्वसाधारणले मजाले आएर आफूलाई मन परेको परिकार अर्डर दिएर खान सक्नुहुन्छ । मूल्य महंगो छैन । ६÷७ सय रुपैयाँ बोकेर आउनुभयो भने डिनर÷लञ्च खान सक्नुहुन्छ । अहिलेको समयमा यो महंगो होईन ।
थाई रेष्टुरेण्ट सञ्चालनको सोच कसरी आयो ?
म पहिलेदेखि नै रेष्टुरेण्टमा काम गर्थे । काम गदै जादाँ विदेश जाने अवसर पनि प्राप्त गरें । थाईफुड बनाउन सजिलो, ओयल फ्रि, अजिनो फ्रि र फिस ससेजबाट खानेकुराहरु बनाउन सकिने भएकाले मेरो रोजाईमा परेको हो ।
यो रेष्टुरेण्टमा सबैभन्दा बढी रुचाइएको खाना के हो ?
तोमयम सुप, मःम, फिस, राइस करी, नूडल्स सबैभन्दा बढी डिमाण्ड हुन्छ ।
थाईल्याण्डको राजघरानाबाट ‘लिडरसिप अवार्ड’ २०१८ पाउन सफल हुनुभयो, यो कसरी संभव भयो ?
विजनेसमा सबैभन्दा ठूलो कुरो इमान्दारिता हो । मैले रेष्टुरेण्ट व्यवसायमा प्रवेश गरेको यसैमा अध्ययन गरेर हो । ग्राहकलाई स्वादिष्ट परिकार मात्रै होईन की स्वस्थ परिकार पनि टेष्ट गराउन सफल भएको कारणले गर्दा मलाई यो सम्मान गरिएको हो । थाईल्याण्डमा रानीको जन्मदिनको अवसर पाएर मलाई यो अवार्ड दिईएको हो । यो सबै ईमान्दारिता र मेहनतको फल हो ।
नेपालमा पछिल्लो समयमा रेष्टुरेण्ट व्यवसाय फस्टाएको छ, कतिको प्रतिस्पर्धा छ ?
हामीसगँ कसैको प्रतिस्पर्धा नै छैन, आफ्नो स्टाईलको फुड बनाउँछौ, अन्यसँग दाँज्ने कुरै आउँदैन ।
रेष्टुरेण्ट जाने चलन बढ्दैछ तर हेल्दी फुड प्रायजसो रेष्टुरेण्टमा पाईंदैन भन्ने गुनासो पनि सुनिन्छ नी ?
सबैभन्दा पहिले त हाइजेनिक फुड के हो त भन्ने ज्ञान हुनुपर्छ । रेष्टुरेण्टमा काम गर्ने कुकदेखि सरसफाई गर्ने कर्मचारीले यसका बारेमा ज्ञान लिएको हुनुपर्छ । म आफै सेफ भएको कारणले गर्दा हाईजेनिक फुड ग्राहकले खान पाउनुपर्छ र यो उहाँहरुको अधिकार पनि हो भन्ने बारेमा सचेत छु ।
वान थाई र रोयल थाई रेष्टुरेण्ट अन्यभन्दा के कुरामा फरक छ ?
सबैभन्दा पहिले त हेल्दी फुड नै हाम्रो प्राथमिकतामा पर्दछ । थाई फुड विश्वकै हेल्दी फुडमा गणना हुन्छ । हाम्रोमा बनेका खानेकुराहरु आफ्नै बारीबाट उत्पादित हुन्छन् । हामीकहाँ पारीवारिक वातावरण सहितको गुणस्तरीय खानेकुराको व्यवस्था गरिएको छ । रेष्टुरेण्टहरुको भीडमा यसको बेग्लै पहिचान छ ।
आगामी योजनाहरु के के छ ?
एउटा प्रोजेक्ट बन्दैछ । भक्तपुरको भाटभोटेनी एरियामा ७ रोपनीमा मिनी थाइल्याण्डको कल्चर झल्कीने रेष्टुरेण्टको काम धमाधम हुँदैछ ।
प्रतिकृया दिनुहॊस