चौधरी ग्रुपले ल्यायो ‘सिजी लाइफ सेल’, हुवावेसँग सम्झौता हुँदै

काठमाडाैं । चौधरी ग्रुपले सिजी लाइफ सेल सार्वजनिक गरेको छ । स्पेनको बार्सिलोनामा जारी वर्ल्ड मोबाइल कंग्रेसमा डिजिटल सञ्चार सेवाप्रदायकका रूपमा सिजी लाइफ सेल सार्वजनिक गरिएको हो ।

नेपालमा सिजी टेलिकमको स्वामित्व रहेको चौधरी ग्रुपले टर्कीको टर्कसेलसँगको सहकार्यमा ‘सिजी लाइफ सेल’ सुरू गरेको जनाएको छ । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले आफ्नो आधिकारिक ट्विटमार्फत् यसको जानकारी दिएका हुन् । यो सेवा शुरु गर्नका लागि सिजी टेलिकम र ट्रकसेलबीच समझदारी भएको छ ।

दुई कम्पनीबीच सो सम्बन्धमा मंगलबार समझदारी भएको चौधरीले ट्विटरमार्फत् जानकारी दिएका छन् । उनले ट्विटमार्फत् यो सेवाका लागि पूर्वाधार निर्माण गर्न संसारकै ठूलो दूरसञ्चार पूर्वाधार निर्माता हुवावेसँग सम्झौता हुने बताएका छन् । नेपालमा आधारभूत मोबाइल सेवाको अनुमति पर्खिरहेको चौधरी समूहले टर्कसेलको सहायक कम्पनी ‘लाइफसेल’ को अवधारणमा सेवा प्रवाह गर्नेगरी उक्त कम्पनी सार्वजनिक गरेको हो ।

लाइफसेल डिजिटल सेवा प्रदायक कम्पनी हो, जसको पूर्ण स्वामित्व टर्कसेलसँग छ । लाइफसेलले मोबाइल इन्टरनेट सेवा दिइरहेको छ । युक्रेनमा आधारित यो कम्पनीले मोबाइल एप्लिकेसनमा आधारित विभिन्न सेवा प्रवाह गर्छ । यसले स्टोरेज, संगीत, अनलाइन म्यागेजिन, खेलकुद, भिडियो, सोसल मिडिया प्याकेज दिइरहेको छ ।

अनलाइन वित्तीय कारोबारसमेत गरिरहेको लाइफसेलले सामाजिक शिक्षाजस्ता कार्यक्रम पनि दिइरहेको छ । चौधरी ग्रुपले पनि नेपालमा सिजी लाइफमार्फत् इन्टरनेटमा आधारित दूरसञ्चार सेवा प्रदान गर्ने उद्देश्यले सेवा सार्वजनिक गरेको हो । डिजिटल अपरेटर भनिने यस्ता सेवाप्रदायकले इन्टरनेट टेलिफोन सेवा प्रदान गर्न सक्छन् । नेपालमा हालसम्म यस्तो सेवाप्रदायक छैनन् ।

सिजी लाइफसेलले नेपालमा नाैलाे सेवा दिने र याे छिट्टै शुरु हुने चाैधरीले ट्विटबाट जानकारी दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्काेटाकाे उपस्थितिमा सिजी र टर्कसेलबीच सम्झौेता भएको छ ।  भारतमा जियोले इन्टरनेट टेलिफोन सेवा दिइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्काइवर्थको दसैं अफरः घरायसी उपकरण खरिदमा एमजीको कमेट ईभी जित्न सकिने

काठमाडौं । स्काइवर्थ होम एप्लायन्सेसले दसैंतिहार विशेष अफर सार्वजनिक गरेको छ । स्काइवर्थको नेपालका लागि …

प्रतिकृया दिनुहॊस