डिजोनलाई ३-० ले पराजित गर्दै पिएसजी फ्रेन्च कपको सेमिफाइनलमा

काठमाडाैं । पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनल अन्तर्गत मंगलबार राति घरेलु मैदानमा भएको खेलमा पिएसजीले डिजोनमाथि ३–० को जित दर्ता गर्दै  पिएसजी सेमिफाइनल पुगेको हो ।

पिएसजीको जितमा एन्जल डी मारियाले दुई तथा थोमस मुनिएरले एक गोल गरे । ममारियाले टिमका लागि ती गोल खेलको ८ तथा २८ औं मिनेटमा गरेका थिए भने पिएसजीका लागि तेश्रो गोल मुनिएरले खेलको  ७६ औं मिनेटमा गरेका थिए।

फ्रान्सेली च्याम्पियन युवा स्टार केलियन एमबाप्पे तथा चोटग्रस्त स्टार खेलाडी नेइमार तथा एडिन्सन काभानी बिना नै मैदानमा थियो । चोटका कारण दुई स्टार खेलाडीहरू नेइमार र कभानी बिनै खेलिरहेको पिएसजी हिजोको खेलमा आफ्ना युवा स्ट्राइकर एमबाप्पे बिना उत्रेको थियो।

यसपटकको फाइनल जितेमा पिएसजीको उपाधिमा लगातार पाँचौं कब्जा हुनेछ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालको यू-१९ महिला टी-२० विश्वकपको एसिया छनोटमा लगातार दोस्रो जित

काठमाडौं । नेपालले यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित …

प्रतिकृया दिनुहॊस