ग्लोबल आइएमई बैंकको शाखा रहित बैंकिङ्ग सेवा ३ ठाउँमा विस्तार

काठमाडाैं । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप ३ वटा शाखारहित बैंकिङ्ग सेवासञ्चालनमा ल्याएको छ ।

फागुन १३ गते देखि बाग्लुङ्ग जिल्लाको बाग्लुङ्ग नगरपालिका – १२, अमलाचौरमा ११८औँ,डोटी जिल्लाको के . आई. सिहं गाउँपालिका – २, तिखातरमा ११९औँ र रोल्पा जिल्लाको लुंग्री गाउँपालिका – १२, सिर्पमा १२० औँ शाखारहित बैंकिङ्ग सेवाको शुरुगरेको हो ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्ने बैंकले जानकारी दिएको छ ।

यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, DISHOME, CDMA, UTLको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा-टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर शाखा रहित बैंकिङ्ग सेवा शुरु गरिएको बैंकले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डवाहकहरूलाई प्रत्येक शनिवार बिग मार्टमा आफूलाई …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds