माच्छापुच्छ्रे बैंकको एटिएम सञ्जाल विस्तार

माछापुच्छ्रे बैंक लिमिटेडले ललितपुर महानगरपालिकाको पुल्चोक स्थित वडा कार्यालयमा २४ घण्टा नै रकम झिक्न सकिन एटिएमको औपचारिक सुरुवात गरेको छ । बैंकले फाल्गुन १४ गते ललितपुर महानगरपालिकाकाे वडा कार्यालय परिसरमा आफ्नो एटिएम सञ्चालनमा ल्याएको हो । २४ घण्टा नै रकम झिक्न सकिने उक्त एटिएमको उद्घाटन ललितपुर महानगरपालिका का मेयर चिरीबाबु महर्जनले गरे । यस एटिएम को सुरुवात सँगै बैंकको जम्मा एटिएम सङ्ख्या ११५ पुगेको छ ।

बैंकले आ.व. २०७५/७६ को दोस्रो त्रैमास सम्ममा रु. ७८ करोड १३ लाख खुद मुनाफा आर्जन गरेको छ साथै २०७५ पुस मसान्त सम्ममा रु. ८५ अर्व १७ करोड निक्षेप परिचालन गरी रु. ७४ अर्व ६५ करोड कर्जा प्रवाह गरेको छ ।

बैकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ९३ वटा शाखाहरु लगायत ६३ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १५६ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैककाे देशभर ११५ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे् बैंकले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित मनाएको छ …

प्रतिकृया दिनुहॊस