कामना सेवाकोे ६८ औं शाखा जनकपुरमा

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नं ९ स्थित पिडारी चोकमा फागुन १४ गते ६८औं शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको छ । बैंकका संचालक बलराम बराल र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरे । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको बारेमा  जानकारी गराएका थिए ।

प्रदेश नं. २ मा योसँगै ४ वटा शाखा पुगिसकेको र व्यापार बिस्तारलाई तीव्रता दिने उद्देश्य सहित बैंकले थप शाखाहरु पनि शीघ्र सञ्चालनमा ल्याउने गरी निर्माण तथा सजावटको काम भईरहेको प्रमुख कार्यकारी अधिकृत बस्नेतले जानकारी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री