काठमाडौं । झिलीमिली काठमाडौं बनाउनका लागि महानगरका चोक, सडक, गल्लीहरुमा १६ हवार ६ सय ५६ थान सडक बत्ती जडान गर्नुपर्ने देखिएको छ । महानगरले हालै गरेको सर्वेक्षणअनुसार महानगरका ३२ वटै वडालाई उज्यालो बनाउन उक्त संख्यामा बत्ती आवश्यक भएको हो ।
महानगरका प्रवक्ता ईश्वरमान डंगोलले ५० वाट क्षमताका ७ हजार ४ सय ४ थान, ३० वाटका १ हजार २ सय ९ थान र २४ वाटका ८ हजार ४३ थान आवश्यक देखिएको छ ।
सडक बत्ती जडान, मर्मतसम्भार कार्य महानगरको वर्षेनी चलिरहने योजनाभित्र पर्छ । योजनालाई देखिने तथा महानगरवासीले अनुभव गर्ने तथा प्रभावकारी बनाउन चालू आर्थिक वर्षलाई ‘मेयर उज्यालो कार्यक्रम’ घोषणा गरेको छ ।, कान्तिपुरमा खबर छ ।
प्रतिकृया दिनुहॊस