सेन्ट्रल फाइनान्सको साधारणसभा चैत ५ गते

काठमाडाैँ । सेन्ट्रल फाइनान्स लिमिटेडको चैत ५ साधारणसभा गते हुने भएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले २२ औं वार्षिक साधारण सभाको मिति तय गरेको हो ।

सञ्चालक समितिको बैठकले साधारण सभा तथा नगद लाभांश वितरण गर्ने प्रयोजनका लागि फागुन २३ गते संस्थाको शेयर दाखिला बन्द(बुक क्लोज) गर्ने निर्णय समेत गरेको छ ।

सञ्चालक समितिले शिफारिस गरे अनुसार हालको चुक्ता पूँजी ८२ करोड ३३ लाख ९७ हजार ८ सय ५९ रुपैयाँको ७ प्रतिशतले हुन आउने ५ करोड ७६ लाख ३७ हजार ८ सय ५० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित गर्ने कार्यतालिका रहेको छ ।

साधारणसभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरिने आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक प्रतिवेदन र लेखा परीक्षकको प्रतिवेदन पारित गरिने संस्थाद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सूर्यज्योति लाइफको व्यतित बीमालेख नवीकरणमा छुट (सूचनासहित)

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरण लाग्ने ब्याजमा छुट दिने निर्णय गरेको छ …

प्रतिकृया दिनुहॊस