नेपाल बैंकले घटायो कर्जाको ब्याजदर, अब बढीमा १०.६८ प्रतिशत मात्र तिर्नुपर्ने

काठमाडौं । नेपाल बैंक लिमिटेडले कर्जाको ब्याजदर घटाएको छ । पुस महिनाको अन्त्यको ६.०६ प्रतिशत आधार ब्याजदरको आधारमा बैंकले जारी गरेका सबै प्रकारका ऋणहरुको ब्याजदर विद्यमान ब्याजदरभन्दा १.४६ प्रतिशतले सस्तो हुनेगरी ब्याजदर घटाएको बैंकले जनाएको हो ।

कर्जाकाे व्याजदर घटाउँदा देशका उद्यम व्यवसायको पुंजी लागतमा कमी आई प्रतिष्पर्धी क्षमता बढ्ने र समग्र अर्थतन्त्र लाभान्वित हुने अपेक्षा समेत बैंकले लिएको छ ।

बैंकले आधार ब्याजदरमा तोकिएको जोखिमबापतको प्रिमियम दर घटाएर उक्त परिमाणमा ब्याजदर घटाइएको बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले जानकारी दिए । उनले सरकारको सहुलियतपूर्ण कर्जामा भने २ प्रतिशत प्रिमियम तोकिएकोले त्यसो हकमा भने त्यो व्यवस्था लागु नहुने बताए । ‘सहुलियत कर्जाको जोखिम प्रिमियम सरकारले नै २ प्रतिशत तोकेको छ, अरु ऋणको हकमा भने प्रिमियम घटाएर व्याजदर घटाएका हौं ।’ प्रमुख कार्यकारी अधिकृत शाहले भने ।

बैंकले हाल ऋणमा ६.०८ प्रतिशतसम्म प्रिमियम दर तोकेको छ । बैंकको पुस मसान्तको आधार दरका आधारमा यो प्रिमियमले ब्याजदर १२.१४ प्रतिशत हुन आउँछ । त्यसमा १.४६ प्रतिशत ब्याजदर घटाउँदा नेपाल बैंकका ऋणीले अब बढीमा १०.६८ प्रतिशतमा ऋण प्राप्त गर्नेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डवाहकहरूलाई प्रत्येक शनिवार बिग मार्टमा आफूलाई …

प्रतिकृया दिनुहॊस