चीनको कार व्यापार घट्यो

पेचिङ । गत जनवरीमा चीनको कार व्यापारमा कमी आएको छ । चाइनाज एशोसिएशन अफ अटोमोबाइल म्यानुफ्याक्चर्स (काम) ले सोमवार दिएको जानकारी अनुसार उक्त अवधिमा चीनको कार व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५ दशमलव ८ प्रतिशत घटेको हो ।

जनवरीमा चीनको कार व्यापारमा लगातार सातौं महीना कमी आएको छ । यसअघि डिसेम्बरमा १३ प्रतिशत घटेको कार व्यापार नोभेम्बरमा १४ प्रतिशत घटेको थियो । जनवरीमा चीनमा २३ लाख ७० हजार कार व्यापार भएको छ । आर्थिक सुस्ती तथा अमेरिकासँगको व्यापारयुद्धका कारण गतवर्ष चीनको कार व्यापार २ दशकभन्दा लामो समयपछि पहिलोपटक घटेको थियो ।

केही विश्लेषकले चीनको कार व्यापार जनवरी र फेब्रुअरीमा चिनियाँ नयाँ वर्ष लुनारका कारण प्रभावित हुने बताएका छन् । नवीकरणीय ऊर्जाका कारको व्यापार भने जनवरीमा बढेको छ । कामका अनुसार सो महीनामा चीनमा नवीकरणीय कारको व्यापार १ सय ४० प्रतिशत बढ्दै ९५ हजार ७ सय थान पुगेको छ । एजेन्सी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस