काठमाडौं । नेपालको लागि हुन्डाइ मोटरको आधिकारीक वितरक लक्ष्मी इन्टर कन्टिनेन्टलले नेपालमा उत्कृष्ट फेमिली ह्याचव्याक कार ‘दि अल न्यू स्यान्ट्रो’ नेपाली बजारमा ल्याएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल र हुन्डाई मोटर्सको साझेदारी १० वर्ष पुगेको उपलक्ष्यमा हुन्डाई स्यान्ट्रो कार नेपाली बजारमा सार्वजनिक गरिएको छ ।
विभिन्न कलरमा उपलब्ध हुन्डाइको नयाँ स्यान्ट्रो म्याग्नाको मूल्य २४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।त्यसैगरी म्याग्ना एएमटीको मूल्य २८ लाख ५६ हजार, स्पोट्र्जको मूल्य २६ लाख ९६ हजार र स्पोट्र्ज आस्टाको मूल्य २९ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।
मोडर्न र स्टाइलिस डिजाइन, आरामदायी र प्रिमियम क्याबिन, नयाँ युगको टेक्नोलोजी, ग्राहक केन्द्रित सुरक्षा र उत्कृष्ट परफर्मेन्सका साथ नयाँ स्यान्ट्रो गाडी पुनः भित्रिएको छ । नयाँ स्यान्ट्रोमा १०८६ सीसी, ४ सिलिन्डर पेट्रोल इन्जिन छ, जसले ६९ पीएस पावर र ९९ एनएमको टर्क प्रदान गर्नेछ ।
नयाँ स्यान्ट्रोले १.१ लिटर, ४ सिलिन्डर पेट्रोल इन्जिन जसले ६९ पीएस पावर र १०.१ केजीएमको टर्क प्रदान गर्नेछ । गाडीमा एन्टी लकदेखि इलेक्ट्रोनिक ब्रेक फोर्स वितरण र दोहोरो फ्रन्ट एयर ब्याग रहेको छ ।
प्रतिकृया दिनुहॊस