मोडल राज लुइटेलको जन्मदिनको अवसरमा आर्टिष्ट नेपाल फ़ाउण्डेशनको सुरुवात

काठमाडौं ।  मोडल तथा संचारकर्मी राज लुइटेलको जन्मदिनको अवसरमा आर्टिष्ट नेपालले आर्टिष्ट नेपाल फ़ाउण्डेशनको सुरुवात गरि आर्टिष्ट फण्ड जम्मा गर्न सुरु गरेको छ l आर्टिष्ट नेपाल फ़ाउण्डेशनको तर्फ बाट देशमा भईरहेको बिध्यमान परिस्थितिलाई मध्यनजर गरि तराईका बाढि पिडितलाई रु एक लाख सहयोग प्रदान गर्ने भएको छ ।  अबिरल बर्षाका कारण तराईका जिल्लामा आएको बाढि बाट पिडित बनेका नेपाली नागरिकहरुको उद्धार तथा सहयोगार्थ आर्टिष्ट नेपालले सुरु गरेको आर्टिष्ट नेपाल फण्डले बाढी पिडित सहयोगार्थ रु एक लाख बराबरको सहयोग गर्ने भएको छ । उक्त कोषमा सहयोग गर्नेु सहयोगी हातहरुलाई धन्यवाद दिदै संस्थाका सञ्चालक नव ढुङ्गेलले यसै गरि थप सहयोग गर्न ईच्छुक व्यक्तीले आर्टिष्ट नेपालको कार्यालयमा सम्पर्क गर्न सक्ने जानकारी दिए । आर्टिष्ट नेपालले यसअघि पनि कला क्षेत्रका सर्जक स्रष्टाहरुलाई उपचार लगायत विभिन्न तवरले सहयोग गर्दै आईरहेको  थियो ।आर्टिष्ट नेपालका प्रमुख कार्यकारी अधिकृत तथा संचारकर्मि, मोडल राज लुईटेलको जन्मदिनको अवसर पारेर आर्टिष्ट नेपाल बाढी पिडित सहयोग राहत संकलनको घोषणा गरेको थियो ।

उक्त कोषमा आर्टिष्ट नेपालको तर्फबाट रु. १०,००० जम्मा गरि शुरुवात गरिएको थियो । सहयोग गर्न चाहनुहुने सहयोगी हातहरुका लागि ९८४१६६१०१८,४४१९१४७ नम्वरहरुमा सम्पर्क गर्न सकिने छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ । नायक अनमोल केसी अभिनीत चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ बोलको गीत सार्वजनिक …

प्रतिकृया दिनुहॊस