एनसीसी बैंकको नाफा १३७ प्रतिशतले बढेर ६४ करोड

काठमाडौं । एनसीसी बैंकले १३७ प्रतिशतले नाफा वृद्धि गरेको छ । २०७४ पुसमा २७ करोेड नाफा आर्जन गरेको बैंकले २०७५ पुसमा ६४ करोड नाफा कमाएको हो । जुन अघिल्लो पुसको भन्दा ३७ करोड अर्थात १३७ प्रतिशतले बढी हुन आउँछ ।

२०७४ पुसमा जम्मा ६७ करोड ब्याज आम्दानी गरेको बैंकले यसपाली १ अर्ब ४६ करोड ब्याज आम्दानी गरेको देखिन्छ । बैंकले पछिल्लो ३ महिनामा ६२ अर्बको निक्षेपलाई ६४ अर्ब पुर्याएको छ भने ५६ अर्बको कर्जा लगानीलाई ५८ अर्ब बनाएको छ ।

बैंकको सिडी रेसियो ७८.२१ प्रतिशत रहेको छ । चुक्ता पुँजी ७ अर्ब १ करोड रहेको बैंकको जगेडा कोषमा ४ अर्ब १७ करोड रुपैंयाँ रहेको छ ।
बैंकको आधार ब्याजदर १०.८७ प्रतिशत रहँदा प्रति सेयर आम्दानी २१.१२ रुपैँया कायम भएको छ । ३.५३ प्रतिशत खराब कर्जा रहँदा कष्ट अफ फण्ड ७.९५ प्रतिशत रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा छुट

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले र्‍याडिसन होटलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds