टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौं । दरबारमार्गमा गएराति टिपरले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ।  लमजुङको भोटेओडार घर भई ललितपुरको कुमारीपाटी बस्ने ३२ वर्षीय खुशी गुरुङ रहेको प्रहरीले जनाएको छ ।

राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा गुरुङको मृत्यु भएको हो। बा ४ ख ७९५१ नम्बरको टिपरले राति १० बजे प्रदेश ३, ०२ ००३ प ९००६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री