प्रोग्रेसिभ फाइनान्सको १३ लाख ३० हजार कित्ता सेयर लिलामी भर्न अब १ दिन मात्र समय

काठमाडौं । प्रोग्रेसिभ फाइनान्सले खुला गरेको सर्वसाधारण समूहको १३ लाख ३० हजार २५५ कित्ता सेयर लिलामी भर्ने मंगलबार (माघ २२ गते) अन्तिम दिन हो । प्रोग्रेसिभले माघ २५ गतेदेखि दोहोर्याएर सर्वसाधारण समूहको १३ लाख ३० हजार २५५ कित्ता सेयर लिलामी खुला गरेको हो ।

कम्पनीले यसअघि मंसिर १० देखि २४ गतेसम्म सर्वसाधारण समूहको १६ लाख ७१ हजार ९५५ कित्ता र संस्थापक समूहको ४ लाख ४८ हजार ६४९ कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो । जसमा संस्थापक समूहको सम्पूर्ण सेयर बिक्री भए पनि सर्वसाधारण समूहतर्फ भने ३ लाख ४१ हजार ७०० कित्ता सेयरमा मात्र आवेदन परेको थियो ।

त्यतिबेला नबिकेको १३ लाख ३० हजार २५५ कित्ता सेयर कम्पनीले फेरि लिलामीमा ल्याएको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा भाग लिनुपर्नेछ ।

बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौं तथा सनराइज बैंकको वीरगञ्ज, विराटनगर, पोखरा, नेपालगञ्ज, सुर्खेत, बुटवल र धनगढी शाखाबाट पनि लिलामी भर्न सकिनेछ । हाल प्रोग्रेसिभको चुक्ता पुँजी २१ करोड रुपैयाँ छ । बाँकी रहेको सेयर लिलामीमा बिक्री भएपछि चुक्ता पुँजी ८० करोड १ लाख रुपैयाँ पुग्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्मार्टच्वाईस टेक्नोलोजिज र स्मार्टकार्ड नेपाल बीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवाको लागि सम्झौता

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज् लिमिटेड (SCT) …

प्रतिकृया दिनुहॊस