भेनेजुएलाका विपक्षी नेता हुँवा गुवाइदोको पक्षमा अन्तर्राष्ट्रिय समर्थन बढ्दो

भेनेजुएला । भेनेजुएलाका विपक्षी नेता हुँवा गुवाइदोले देशमा गृहयुद्ध निम्तिने राष्ट्रपति निकोलस मादुरोको चेतावनीलाई खण्डन गरेका छन् । गुवाइदोले गृहयुद्धको कल्पना गर्नु हाँस्यास्पद भएको टिप्पणीसमेत गरेका छन् ।

यसअघि राष्ट्रपति मादुरोले अमेरिकालगायतका देशले गुवाइदोलाई उकासेको भन्दै राजनीतिक संकट कायमै रहेमा गृहयुद्ध हुने चेतावनी दिएका थिए ।

यसैबीच युरोपियन युनियनले भेनेजुयलाका विपक्षी नेता गुवाइदोलाई नै अन्तरिम राष्ट्रपतिको मान्यता दिएको छ । बेलायत र इयुमा आवद्ध देश जर्मनी, फ्रान्स, डेनमार्क, अस्ट्रिया, स्विडेन, स्पेनलगायतले आफूलाई राष्ट्रपति घोषित गरेका गुवाइदोलाई अर्को चुनाव नहुन्जेलसम्मका लागि अन्तरिम राष्ट्रपतिको मान्यता दिएका हुन् । इयूले यसअघि राष्ट्रपति निकोलस मडुरोलाई नयाँ निर्वाचनको मिति घोषणा गर्न आइतबारसम्मको समय दिएको थियो ।

आफूलाई अन्तरिम राष्ट्रपति घोषित गरेका गुवाइदोलाई अमेरिकाले तत्काल समर्थन गरेको थियो । त्यसलगत्तै क्यानडा, ब्राजिल, अर्जेन्टिना र कोलम्बियालगायतका दक्षिण अमेरिकी देशले पनि गुवाइदोलाई मान्यता दिएका थिए । राष्ट्रपति निकोलस मदुरोलाई भने रूस र चीनले साथ दिएका छन् ।

यसैबीच क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भेनेजुएलाका राष्ट्रपति मादुरोलाई तानाशाहको संज्ञा दिएका छन् । उनले आफ्ना देशका नागरिकलाई मदुरोले दमन गरेर कुर्सीमा बसेको आरोप लगाए ।

क्यानडासहितका ल्याटिन अमेरिकी देशहरुको बैठकमा ट्रुडोले मादुरो सरकारले शान्तिपूर्ण ढंगले प्रदर्शन गरिरहेकाहरुमाथि बल प्रयोग गरेको आरोप लगाए । राजनीतिक संकट गहिरिँदै गएपछि भेनेजुएलामा आर्थिक संकट चुलिएको छ । (एजेन्सी)

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ई-सेवाले ल्यायो दशैंतिहार चाडपर्वको अफर, कारोबार गर्दा नयाँ कार जित्न सकिने

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी ई-सेवाले दशैंतिहार तथा छठ पर्वको अवसर पारेर ‘ई-सेवा महाउत्सव …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds