सबै बैंक र बीमा कम्पनीले सूचना अधिकारी राख्नै पर्ने

काठमाडौं । अब सबै बैंक तथा वित्तिय संस्था र बीमा कम्पनीहरुले प्रवक्ता राख्नै पर्ने भएको छ । राष्ट्रिय सूचना आयोगले सबै बैंक तथा वित्तिय संस्था र बीमा कम्पनीहरुलाई सूचना अधिकारीको व्यवस्था गरि पारदर्शी रुपमा सूचना प्रवाहको व्यवस्था गर्न भनेको हो ।

यसँगै वित्तिय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंक र बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले पनि सूचना अधिकारी राख्नै पर्नेछ ।  हाल २३७ वटा बैंक तथा वित्तिय संस्था सञ्चालनमा रहेका छन् । त्यस्तै ४० वटा बीमा कम्पनी सञ्चालनमा छन् ।

सूचना आयोगले १८० वटा राजनीतिक दल, ६२ वटा सार्वजनिक संस्थान र २५७ वटा आईएनजिओले समेत सूचना अधिकारी मार्फत सूचना प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सानिमा रिलायन्सले १८.३८ प्रतिशत बोनस सेयर दिने

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १८.३८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds