आधा दर्जन बैंकले सार्वजनिक गरे नयाँ ब्याजदर

काठमाडौं । आधा दर्जन बाणिज्य बैंकले सोमबारदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

बैंक अफ काठमाण्डुले माघ २१ (आज) बाट लागु हुने गरी ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको निक्षेपको ब्याजदर साढे पाँच प्रतिशत देखि ९.२५ प्रतिशतसम्म रहेको छ । यसले १ वर्ष भन्दा माथिको मुद्दती निक्षेपमा साढे ८ प्रतिशतको ब्याजदर सार्वजनिक गरेको छ ।

यस्तै  बैंकको कर्जाको ब्याजदर भने आधार दरमा ६ प्रतिशतसम्म थप हुनेछ । बैंकको आधारदर १०.६० प्रतिशत छ । यस आधारमा बैंकको ऋण १६.६० प्रतिशतसम्मको व्याजदरमा पाइन्छ ।

यस्तै प्रभु बैंकले पनि मुद्दती निक्षेपमा साढे ८ प्रतिशतसम्म प्रस्ताव गरेको छ । ऋणमा भने २ प्रतिशत देखि सात प्रतिशतसम्म ब्याजदर रहनेछ । यसमा आधारदर जोडिनेछ ।  आधारदर ९.३७ प्रतिशत रहेको छ ।
सनराइज, सेञ्चुरी, कृषि विकास बैंक र माछापुछ्रे बैंकले भने निक्षेपको मात्र ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार सनराइजको संस्थागत निक्षेपकर्ताले ८.६० प्रतिशतसम्म ब्याज पाउँनेछन्  भने

माछापुछ्रे बैंकको संस्थागत निक्षेपकर्ताले पनि सोही बराबरको (८.६० प्रतिशत) ब्याजदर पाउँछन् । कृषि विकास बैंकको पनि ८.६० प्रतिशत बयाजदर रहेको छ ।

बैंकर्स संघको आइतबार ब्याजदरकै विषयलाई लिएर बैठक बसेको थियो । यसको भोलिपल्टै  बैंकहरुले ब्याजदर सार्वजनिक गरेका हुन् ।

बैकर्स संघबीच निक्षेप नवीकरण गर्दा भने बढी ब्याजदर लिन पाउने सहमति भएको थियो ।

संस्थागत निक्षेपकर्तालाई साढे ९ प्रतिशतभन्दा बढी ब्याजदर दिन नपाइने संघको भद्र सहमति छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच सम्झौता

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनी बीच कम्पनीका कर्मचारीहरुलाई पेशाकर्मी …

प्रतिकृया दिनुहॊस