जोगबनीबाट दिल्ली जाने सीमाञ्चल एक्सप्रेस रेल दुर्घटना, ६ जनाको मृत्यु

दिल्ली । जोगबनीबाट दिल्लीतर्फ जाँदै गएको सीमाञ्चल एक्सप्रेस रेल दुर्घटनामा परेको छ। आइतबार बिहान हाजीपुर-बछवाडा रेलखण्डको महनार र सहदोई स्टेशनको बिच भएको दुर्घटनामा परी कम्तीमा ६ जनाको ज्यान गएको छ। दर्जनौ यात्रु घाइते भएका छन्।

भारतीय डिडियाका अनुसानर १२४८७ नम्बरको रेल बिहान ३ बजे दुर्घटना हुँदा ९ वटा डिब्बा लिकबाट पल्टिएका छन्। यसबाट मृत्यु हुनेको संख्या बढ्न सक्ने भारतीय अधिकारीले जनाएका छन्।

भारतका पूर्व मध्‍य रेलवेका सीपीआरओ राजेश कुमारले ६ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। घटनास्थलमा दर्जनौ यात्री फसेकाले उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप