काठमाडाैँ । यो साता सेयर बजारमा परिसूचक नेप्से घटेको छ । बजारमा लगानीकर्ताले शेयर खरिदविक्री घटाउँदा परिसूचक नेप्सेसँगै कारोबार रकममा पनि घटेको छ ।
बजारमा लगानीकर्ताको उपस्थिति न्यून रहदा सेयर बजारमा परिसूचकसँगै कारोबार रकममा गिरावट आएको छ । यो साता नेप्से परिसूचक ११ दशमल १५ अंकले घटेर १ हजार १ सय ६१ अंकमा बन्द भएको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि झण्डै २ अंकले घटेको छ । यो साता कारोबार रकम पनि घटेको छ । साताभर पाँचैदिन कारोबार भएको बजारमा १ अर्ब ३३ करोड ८१ लाख ७२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा लगानीकर्ताले सेयर खरिद विक्री घटाउँदा कारोबार रकम पनि न्यून छ ।
साताभर माथिल्लो तामाकोशिकोको सेयर कारोबार सबैभन्दा बढी भएको छ । बैंक तथा वित्तीय संस्थाको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित भइरहेकाले पनि बजारमा कारोबार प्रभावित भएको विश्लेषकहरुको भनाई छ । तर पछिल्लो समय सरकारी खर्च बढ्न नसक्दा वित्तीय प्रणाली कसिलो बन्दै गएको र कर्जामा ब्याजदर नघटने पक्का भएपछि ऋण लिएर लगानी गर्ने लगानीकर्ताको चहलपहल घटेको छ । अर्कोतर्फ बजारमा अझैपनि ब्याजदर उच्च रहेका कारण सेयर बजारमा लगानी भित्रिन सकेको छैन् । जसका कारण परिसूचक नेप्से दबाबमा छ भने कारोबार रकम पनि न्यून हुदै आएको छ ।
प्रतिकृया दिनुहॊस