सोह्र बैंकले सार्वजनिक गरे वित्तीय विवरण, कसले कति कमाए

काठमाडाैँ । हालसम्म १६ वाणिज्य बैंकले चालु आर्थिक बर्षको दास्रो त्रैमासको विवरण प्रकाशित गरेका छन् । विवरण प्रकाशित गरेका बैंकले पुष मसान्त सम्ममा १६ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १४ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । उक्त अवधिमा बैंकहरुको मुनाफा १६ अर्ब ६० करोड भन्दा माथि पुगेको छ । १६ वाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै मुनाफा नविल बैंकले कमाएको छ ।

७ बैंकको नाफा एक अर्ब माथि
दोस्रो त्रैमाशिक विवरण प्रकाशित गरेका १६ बैंकमध्ये ७ वटा बैंकले दास्रो त्रैमासमा एक अर्ब भन्दा बढी नाफा कमाउन सफल भएका छन् । अर्बमाथि नाफा कमाउने बैंकमा २ अर्ब ४ करोड ५० लाख रुपैयाँ कमाएर नविल बैंक पहिलो नम्बरमा रहेको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ७२ करोड ६५ लाख नाफा कमाउँदै दास्रो स्थानमा छ भने एनआईसी एसिया बैंकले १ अर्ब २६ करोड २ लाख रुपैयाँ नाफा कमाएर तेस्रो बढी नाफा कमाउने बैंक बनेको छ । एक अर्ब भन्दा बढी नाफा कमाउने अन्य बैंकहरुमा हिमालयन बैंकले १ अर्ब १६ करोड, ग्लोबल आइएमई बैंकले १ अर्ब १२ करोड, प्रभु बैंकले १ अर्ब ८ करोड र एभरेष्ट बैंकले १ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएका छन् ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब भन्दा बढी कमाएको एनएमबि बैंकले भने यस वर्ष एक अर्ब भन्दा कम कमाएको छ । नेपाल एसविआई बैंक सानिमा बैंक, सिद्धार्थ बैंक, माचापुच्छ«े बैंक, सनराइज बैंक, लक्ष्मी बैंक, सिटिजन्स बैंक, कुमारी बैंकले एक अर्ब भन्दा कम कमाएका छन् ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमास सुरु भएदेखि वित्तीय प्रणालीमा नगद प्रवाह कम हुँदा बैंकहरुको नाफा घटने आकलन गरिएको थियो । तर बैंकहरुले कर्जा प्रवाहमा गरेको बृद्धिले गर्दा अधिकांश बैंकहरु सिसिडी व्यवस्थापनमा कमजोर देखिएपनि नाफामा भने बृद्धि भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा छुट

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले र्‍याडिसन होटलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds