विराटनगर । एशियन लाइफ इन्स्योरेन्सले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले विराटनगर शाखाबाट सुनसरी गढी गॉउपालिका ३ का मृतक बीमीत पुसलाल मण्डलको श्रीमती रिखिया देवी मण्डललाई कम्पनीले बोनस सहित १ लाख ३१ हजार १ सय रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
बीमित मण्डलको टिभी रोग लागि मृत्यु भएको थियो । उनले ६ वर्ष अगाडि अग्रिम भुक्तानीमा बीमा गरी २५ हजार रुपैयाँ फिर्ता लिएका भएता पनि सो रकम कट्टा नगरी निजको श्रीमती रिखिया देवी लाई बोनस सहित सो रकम हस्तान्तरण गरेको छ । यस्तै कम्पनीले उदयपुर चौदण्डी नगरपालिका ५ का मृतक बीमीत दहनी देवि चौधरीको छोरा लाई बोनस सहित १ लाख ४१ हजार ६ सय रुपैयाँको चेक हस्तान्तरण गरेको छ । मृतक बीमितको हेपटाइटिस रोग लागि मृत्यु भएको थियो ।
तपाईंको प्रतिकृया




